काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशनको निर्वाचनमा अहिलेसम्म ४१५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा भइरहेको मतदानमा बिहानको तुलनामा मतदान सुस्त रहेको एमाले नेता सानुराज पोखरेलले जानकारी दिए। नयाँ नेतृत्वका लागि २२६३ जना मतदाता रहेका छन्।
मतदान भित्र भइरहेको छ भने बाहिर नेताहरू र कार्यकर्ताहरू आ–आफ्नो पक्षमा मत माग्दै प्रचार–प्रसार गरिरहेका छन्।
२ पुस २०८२, बुधबार ०२:१७ मा प्रकाशित