राष्ट्रिय सभामा कांग्रेसको भागबन्डा: गगन–विश्वप्रकाश समूह शून्य, कांग्रेसभित्र असन्तुष्टि चुलियो

nepaltext.com

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन फेरि एकपटक स्पष्ट देखिएको छ, जहाँ डा. शेखर कोइराला पक्षले तीन सीट हात पारेको छ। एमालेसँगको तालमेलबाट कांग्रेसले पाएको नौ सीटमध्ये कोइराला पक्षलाई तीन सीट दिइएपछि मधेशबाट रञ्जित कर्ण, लुम्बिनीबाट बासुदेव जंगली र बागमतीबाट गीता देवकोटालाई उम्मेदवार बनाइएको हो। यी तीन बाहेक कांग्रेसले अघि सारेका सबै उम्मेदवार सभापति शेरबहादुर देउवानिकट रहेको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ। विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले एक सीटसमेत नपाएपछि असहमति सार्वजनिक रूपमा देखापरेको हो।

उम्मेदवार टुंग्याउने निर्णायक बैठकमा विश्वप्रकाश शर्माले बहिष्कार गरे भने नेता अर्जुनसिंह केसीले छनोट प्रक्रियामै आपत्ति जनाउँदै सभापतिको खल्तीबाट उम्मेदवार निकालेर ६०–४० को भागबन्डामा निर्णय गरिएको आरोप लगाए। यसले कांग्रेसभित्र विधि, सहभागिता र आन्तरिक लोकतन्त्रबारेको बहसलाई फेरि तातेको संकेत गरेको छ।

प्रतिक्रिया