आजै मन्त्रिपरिषद् विस्तार सम्भावना, चार नयाँ मन्त्री थपिने संकेत

nepaltext.com

२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेकी छन्। उनले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्। स्रोतका अनुसार आजै मन्त्रिपरिषद् विस्तार हुनसक्ने सम्भावना छ।

बिहीबार प्रधानमन्त्री कार्की शीतल निवास पुगेकी र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेपछि मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अझै तीव्र बनेको बताइन्छ। आज विस्तार हुन लागिरहेको मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने तयारी भए पनि कुन–कुन मन्त्रालय थपिने भन्नेबारे खुलाइएको छैन। यसबारे प्रधानमन्त्री परामर्शमै रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया