लोक सेवाको परीक्षा तालिका संशोधन, कुन परीक्षा कहिले ?

nepaltext

काठमाडौं । लोक सेवा आयोगले मधेशका केही जिल्लामा विकसित परिस्थितिलाई ध्यानमा राख्दै आगामी परीक्षाको मिति र समय संशोधन गरेको छ।

आयोगले परीक्षार्थीहरूको आवतजावतमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै १६ साउनदेखि २१ साउनसम्म आयोग अन्तर्गतका विभिन्न कार्यालयबाट सञ्चालन हुने परीक्षाको तालिका परिमार्जन गरेको जनाएको छ।

संशोधित तालिकाअनुसार १६ साउनदेखि सञ्चालन हुने तय भएका परीक्षा अब २३ साउनदेखि सुरु हुनेछन्। आयोगले परीक्षार्थीलाई नयाँ तालिकाअनुसार तयारी गर्न अनुरोध गरेको छ।

हेर्नुहोस् सूचना–

loksewa-1785495386.jpg

प्रतिक्रिया