नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। यसै क्रममा एसोसिएट तर्फको उपाध्यक्ष पदका लागि ज्योत्सना श्रेष्ठले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको छ।
चैत २९ र ३० गते आयोजना हुने महासंघको साधारण सभा तथा निर्वाचनका लागि श्रेष्ठको नेतृत्वमा बलियो टोली चुनावी मैदानमा उत्रिएको हो। श्रेष्ठको टिमबाट कार्यकारिणी सदस्य पदका लागि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यवसायीहरूले उम्मेदवारी दिएका छन्।
महासंघका अनुसार श्रेष्ठ प्यानलबाट उम्मेदवारी दिने सदस्यहरूमा अभिनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्धु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलिया, राजकुमार तिमलसिना, शोभा ज्ञवाली, सन्दीप मखानी, शैलेन्द्र गुरागाई र सुनिलनारायण श्रेष्ठ रहनुभएको छ।
महासंघको नयाँ नेतृत्वका लागि हुन लागेको यस निर्वाचनलाई निजी क्षेत्रमा निकै चासोका साथ हेरिएको छ।