नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएसँगै त्यसको पहिलो औपचारिक बैठक आज बस्दैछ। नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण भएपछि पार्टीको भावी राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र समसामयिक राष्ट्रिय मुद्दाहरूमाथि प्रारम्भिक छलफल गर्नका लागि बैठक आह्वान गरिएको हो। बैठक आज बिहान साढे ११ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने तय गरिएको छ।
पार्टीका सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ, जसलाई नयाँ नेतृत्वको कार्यकालको सुरुआती राजनीतिक सन्देशका रूपमा समेत हेरिएको छ।
४ माघ २०८२, शनिवार ०९:४० मा प्रकाशित