राष्ट्रियसभा निर्वाचनबाट अलग रहने राप्रपाको औपचारिक घोषणा

nepaltext.com

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले आफ्नो सम्पूर्ण शक्ति र ध्यान प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेकाले राष्ट्रियसभा निर्वाचनबाट अलग रहने निष्कर्षमा पुगेको हो । ‘राप्रपा माघ ११ को राष्ट्रियसभा निर्वाचनमा सहभागी हुँदैन,’ प्रवक्ता श्रेष्ठले स्पष्ट पारे, ‘यो निर्वाचनमा हाम्रा कुनै उम्मेदवार छैनन् र अहिले हाम्रो सम्पूर्ण ध्यान प्रतिनिधिसभा निर्वाचनमै केन्द्रित भएकाले राष्ट्रियसभामा अल्झिन नचाहेको निर्णय गरिएको हो ।’ राष्ट्रियसभाका मतदाता प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख हुने व्यवस्था छ । राप्रपाका हाल २८ जना प्रदेश सभा सदस्य छन् भने केही स्थानीय तहमा प्रमुख तथा उपप्रमुख पनि रहेका छन्, तर पार्टीले उपलब्ध मतदाता हुँदाहुँदै पनि रणनीतिक रूपमा राष्ट्रियसभा निर्वाचनबाट टाढा रहने निर्णय गरेको हो ।

प्रतिक्रिया