चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र आसपास बस्दै आएको जंगली भाले हात्ती ‘रोनाल्डो’ आज बिहान मृत अवस्थामा फेला परेको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चितवनको मध्यवर्ती क्षेत्रअन्तर्गत २० हजारी ताल नजिकैको कुमाल ताल क्षेत्रमा रोनाल्डो मृत भेटिएको हो ।
थापामगरले हात्तीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
निकुञ्जमा २४ वर्षअघि देखिएको रोनाल्डो हात्ती प्रजनन केन्द्रका पोथी हात्तीलाई गर्भाधान गराउन प्रयोग हुँदै आएको थियो । निकुञ्जका अनुसार रोनाल्डो ३८ वटा छावाको बाबु हो ।
३ असोज २०८३, शनिवार ११:०५ मा प्रकाशित