मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनु अघि नै दिए राजिनामा

nepaltext.com

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज (बुधबार) प्रदेश सभाको बैठकमा विश्वासको मत लिनु अघि नै राजिनामा दिएका छन्। उनले बैठकमा आफ्नो धारणा राख्दै विश्वासको मत पाउन नसक्ने देखिएपछि राजिनामा दिने घोषणा गरेका हुन्। मुख्यमन्त्री यादवले आफ्नो धारणा राख्दा सातवटा राजनीतिक दलका सांसदहरू बैठकबाट बाहिरिएका थिए। उनले आफ्नो धारनामा ती सात राजनीतिक दलको क्रियाकलापलाई असंवैधानिक, अराजक र अशोभनीय भनेका छन्। यादवले आजै आफ्नो राजिनामा पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाउने जानकारी दिएका छन्।

प्रतिक्रिया