काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ। आइतबार दिउँसो २ बजे तय भएको बैठकलाई सारेर सोमबार त्यही समयमा बस्ने गरी बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार बैठक सोमबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहनेछ।
१५ मङ्सिर २०८२, आईतबार ११:३६ मा प्रकाशित