काठमाडौँ, २० पुस । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी दिएका छन्। यसअघि सो मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएका थिए। मन्त्री परियारलाई जिम्मेवारी दिँदै सरकारले मन्त्रालयको कामकाज सुचारु रूपमा अघि बढाउने तयारी गरेको बताइएको छ।
२० पुस २०८२, आईतबार ०४:३० मा प्रकाशित