रास्वपाको विधिभन्दा बाहिर नजाने छैनः रवि लामिछाने

nepaltext.com

१६ पुस, पोखरा। रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी कुनै पनि हालतमा विधिभन्दा बाहिर नजाने स्पष्ट दाबी गरेका छन्। बुधबार पोखरामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले रास्वपाको राजनीतिक अभ्यास पूर्ण रूपमा विधि र विधानमै आधारित रहेको बताए। समानुपातिक बन्दसूचीमा समेटिएका केही व्यक्तिहरूलाई लिएर भइरहेको आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले पार्टीभित्र परिवारवादका लागि कुनै ठाउँ नरहेको पनि प्रष्ट पारे।

‘रास्वपासँग विधिसँग छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन,’ उनले भने, ‘कथमकदाचित यी सबै विधिहरू नाघेर जानु भएछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’

लामिछानेको भनाइले रास्वपाले नेतृत्व र उम्मेदवार छनोटमा विधि, आन्तरिक नियन्त्रण र जवाफदेहितालाई प्राथमिकतामा राखेको सन्देश दिन खोजेको देखिन्छ।

प्रतिक्रिया