काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहितका विशेष महाधिवेशन पक्षधर नेताहरूले बुद्धिजीवीहरूसँग परामर्श सुरु गरेका छन्। पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने क्रममा महामन्त्री थापासहित केन्द्रीय सदस्य प्रदीप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता देवराज चालिसे लगायतका नेताहरू छलफलमा सहभागी छन्। काठमाडौंको नक्सालस्थित एक होटेलमा यो छलफल जारी छ। यसैबीच, विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलनमार्फत महाधिवेशनको आह्वान गर्दै पार्टी नेतृत्वलाई यसमा स्वामित्व लिन आग्रह गरेका छन्। पार्टीको संस्थापन पक्षले बहुमतको आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।
२३ पुस २०८२, बुधबार ०३:२१ मा प्रकाशित