राष्ट्रियसभाको बैठक बस्दै , विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नको मन्त्रीले जवाफ दिने

nepaltext

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। सिंहदरबारस्थित संसद् भवनमा अपराह्न १ः१५ बजे बस्ने बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय तथा कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगका आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ का वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रमसमेत रहेको छ।

यसैगरी, राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया