काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजे संसदको बैठक बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारी प्रवक्ता सस्मित पोखरेल का अनुसार उक्त निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष औपचारिक सिफारिस पठाइएको छ।
२२ बैशाख २०८३, मङ्गलबार ०४:०५ मा प्रकाशित