काठमाडौं। टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले ईंग्ल्यान्डविरुद्ध पहिलो बलिङ गर्ने भएको छ। आइतबार ईंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो। नेपालको प्लेइङ ११ मा अनुभवी बलर सोमपाल कामीले स्थान बनाउन सकेनन्। फास्ट बलिङमा नेपालले करण केसी र नन्दन यादवलाई रोजेको छ भने स्पिन बलिङमा शेर मल्लले डेब्यू गर्दै छन्। उनलाई टिममा समेट्न ललित राजवंशीलाई वेञ्चमा राखिएको छ। प्रतियोगिता मुम्बईको वानखेडे क्रिकेट रंगशालामा भइरहेको छ।
२६ माघ २०८२, आईतबार ०३:१७ मा प्रकाशित