पुस २७–२८ को लागि युवा र जिल्ला सभापतिका भेलामा संस्थापन पक्षको रणनीति

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरको तयारीलाई काउन्टर दिन छुट्टै बैठकको निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवासमा बसेको संस्थापन बैठकले पुस २७ मा युवा नेताहरूको र पुस २८ मा जिल्ला सभापतिहरूको भेला गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन्।

यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका थिए। दुवै पक्षले आफ्नै तयारी अघि बढाएपछि पार्टी विभाजनतर्फ सरेको संकेत देखिएको छ। विशेष महाधिवेशन पक्षधरले विधान अनुसार अघि बढ्ने निर्णय गरे पनि, संस्थापन पक्ष सहमतिमा नआएपनि आफ्नो रणनीति अनुसार नेतृत्व चयन र पार्टी गतिविधि अगाडि बढाउने तयारीमा रहेको छ।

संस्थापन पक्षले भने, महामन्त्रीद्वयले पार्टी कार्यसम्पादन समितिको बैठकको निर्णय मान्न नसकेको भन्दै बेग्लै तयारी सुरु गरेको हो। यस्तो परिस्थितिमा कांग्रेसले आजै थप छलफलका लागि पार्टी बैठक बोलाउने तयारी पनि गरेको छ।

प्रतिक्रिया