काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा पुर्याउन ढिलाइ भएको छ। खराब मौसमका कारण भैरहवाको उडान रद्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयसम्म प्रतिक्षा गर्नु परेको हो। रास्वपा नेता गणेश पराजुलीका अनुसार अब रवि लामिछानेलाई भैरहवा नभई भरतपुर लैजाने तयारी गरिएको छ।
उनका अनुसार भरतपुर विमानस्थलमा अवतरण गराएपछि त्यहाँबाट गाडीमार्फत भैरहवा पुर्याइनेछ। रुपन्देही जिल्ला अदालतमा आवश्यक कागजी प्रक्रिया पूरा भएपछि मात्रै रवि लामिछाने रिहा हुने जनाइएको छ। खराब मौसमले उडान प्रभावित हुँदा उनको स्थानान्तरण प्रक्रिया ढिलो भएको बताइएको छ।
४ पुस २०८२, शुक्रबार ०१:५४ मा प्रकाशित