नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् पुगे राष्ट्रपति

nepaltext

काठमाडौं - आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् ।

उनले केहीबेरमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

संयुक्त बैठक बस्नुअघि आजै दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो ।

 

आजबाट संघीय संसद्को अधिवेशन सुरु भएको हो । आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।

प्रतिक्रिया