काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने तयारी गरेको छ।
पार्टीको भोलि सानेपामा बस्ने केन्द्रीय समिति बैठकले यस सम्बन्धमा निर्णय गर्ने अपेक्षा गरिएको छ। कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठक बिहान १ बजे सुरु हुने छ र चुनावी तयारीसम्बन्धी आवश्यक निर्णय गरिनेछ।
पार्टीले आगामी १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने योजना बनाएको छ, जसमा सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि राखेर चुनावी रणनीति अघि बढाउने विषय समेटिनेछ।
अहिले पनि कांग्रेसले सभापति थापाको नेतृत्वमा नै घोषणापत्र तयार गर्दै आएको छ।
९ माघ २०८२, बिहिबार ०३:२५ मा प्रकाशित