सरकार, दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

nepaltext.com

काठमाडौं । आज सरकार, राजनीतिक दलहरू र जेनजीबीच त्रिपक्षीय बैठक बस्ने भएको छ। बैठक आज दिउँसो ४ बजे बालुवाटारमा तय गरिएको हो।

प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलका अनुसार निर्वाचनको वातावरण तयार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।

बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दलका प्रतिनिधि र जेनजीका तर्फबाट करिब ८–९ समूहका अगुवा सहभागी हुनेछन्।

यसअघि कात्तिक ४ गते पनि सरकार र राजनीतिक दलबीच छलफल भएको थियो।

प्रतिक्रिया