काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम थियो । सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ ।
बिहीबार तोलामा ४ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक मागको प्रभावका कारण पछिल्लो समय बहुमूल्य धातुको मूल्यमा निरन्तर परिवर्तन देखिँदै आएको छ ।
१८ पुस २०८२, शुक्रबार ११:३९ मा प्रकाशित