पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

nepaltext

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक कसुरमा एक हजार १७३ सवारीसाधन कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै अन्य विभिन्न ट्राफिक उल्लङ्घनका कसुरमा ८०४ सवारीसाधन कारबाहीमा परेका छन्। त्यस्तै, सीसीटीभीमार्फत ८०, रेड लाइट उल्लङ्घन गर्ने ५५, लेन मिच्ने ४४, अनावश्यक हर्न बजाउने ४१, वनवे उल्लङ्घन गर्ने ३५, मापदण्डविपरीत अवस्थाका १८, तीव्र गतिमा सवारी चलाउने १० तथा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ६ जना चालकमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सडक अनुशासन कायम गर्न नियमित निगरानी, सीसीटीभीमार्फत अनुगमन र चेकजाँचलाई अझ प्रभावकारी बनाइएको बताए।

उनले सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको लेन प्रयोग गर्न, रेड लाइट उल्लङ्घन नगर्न तथा सुरक्षित, जिम्मेवार र अनुशासित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया