रास्वपाका मन्त्री र सांसदहरूसँग सभापति लामिछानेको छलफल जारी

nepaltext

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा रास्वपाबाट सरकारमा सहभागी मन्त्रीसहित पार्टीका सांसदहरू सहभागी छन् ।बैठकमा सांसदहरूका पछिल्ला गतिविधिको समीक्षा, संसदीय भूमिका, सरकारको कामकारबाहीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

पार्टीको आगामी रणनीति तथा संसद्मा रास्वपाको भूमिकाका विषयमासमेत बैठकमा छलफल हुने जनाइएको छ ।

 

प्रतिक्रिया