निरन्तर बढेपछि आज सुनचाँदीको मूल्य ओरालो

nepaltext.com

काठमाडौंमा पछिल्ला केही दिनयता लगातार उकालो लागेको सुनचाँदीको मूल्य आज फेरि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ४१५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार रुपैयाँ र चाँदी चार हजार ४७० रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग–आपूर्तिको अवस्थाले मूल्यमा यस्तो परिवर्तन देखिएको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया