काबुलको अस्पतालमा आक्रमण, ४०० मृतक र २५० घाइते

nepaltext.com

काठमाडौँ। अफगानिस्तानको राजधानी  काबुलस्थित  लागुऔषध उपचारका लागि बनाइएको ओमर एडिक्सन ट्रिटमेन्ट अस्पतालमा हवाई आक्रमण हुँदा कम्तीमा ४०० जनाको मृत्यु र २५० जना घाइते भएको अफगान अधिकारीहरूले दाबी गरेका छन्। पाकिस्तानले भने अस्पतालमा कुनै आक्रमण नगरेको बताएको छ।

अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा लेख्दै आक्रमण राति करिब ९ बजे भएको र अस्पतालको ठूलो भाग ध्वस्त भएको जानकारी दिएका छन्। घटनास्थलमा आगलागी नियन्त्रण गर्न र भग्नावशेषबाट शव निकाल्न उद्धार टोली खटिएको छ।

स्थानीय टेलिभिजनमा सार्वजनिक भिडियोमा सुरक्षाकर्मी टर्चको सहायताले घाइते र मृतकलाई बाहिर निकाल्दै गरेको तथा दमकलकर्मीले भग्नावशेषमा आगो निभाउने प्रयास गरिरहेको देखिन्छ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अस्पताल र अन्य नागरिक संरचनालाई लक्षित गरी आक्रमण भएको भन्दै पाकिस्तानको कडा आलोचना गरेका छन्। उनले यसलाई मानवताविरुद्धको अपराधको रूपमा वर्णन गरेका छन्।

प्रतिक्रिया