काठमाण्डू, २३ माघ — पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार आफ्नै गृहजिल्ला झापा जाने भएका छन्। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा–५ बाट उम्मेदवार रहेका ओली चुनावी प्रचारप्रसारका कार्यक्रमहरूमा सहभागी हुन झापा जान लागेका हुन्। ओली आज मध्यान्ह हवाई मार्ग हुँदै झापा पुग्ने तयारीमा रहेको उनको निकट उच्च स्रोतले जनाएको छ। झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उक्त क्षेत्रको चुनावी माहोल थप रोचक र पेचिलो बनेको छ।
२४ माघ २०८२, शुक्रबार १२:५८ मा प्रकाशित