राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले–जसपाबीच तालमेल

nepaltext.com

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि तीन दलबीच चुनावी तालमेल भएको छ । सीट बाँडफाँटमा असहमति जनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएपछि नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच तालमेल बनेको हो । समझदारीअनुसार कांग्रेसले ९ सीट, एमालेले ८ सीट पाएका छन् भने जसपा नेपालबाट महन्थ ठाकुर उम्मेदवार बन्ने भएका छन् । कांग्रेसले कोशी प्रदेशबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही तथा सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनाएको छ ।

यस्तै, एमालेले पाएको आठ सीटका लागि कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीबाट डा. प्रेमकुमार दङ्गाल, गण्डकीबाट सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाएको छ । नेकपा बाहिरिएपछि बनेको यो तीनदलीय तालमेलले राष्ट्रिय सभा निर्वाचनको राजनीतिक समीकरणलाई थप चासोको विषय बनाएको छ ।

प्रतिक्रिया