कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

nepaltext

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

गत आइतबारदेखि जारी बैठकमा पार्टीको १५औँ महाधिवेशन तयारी, समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।

बैठकमा खाना पकाउने ग्यासको सहज आपूर्ति, रासायनिक मलको उपलब्धता, किसानका उत्पादनको बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण तथा ऊर्जा नीतिसम्बन्धी विषयमा पनि छलफल भएको कांग्रेसले जनाएको छ ।

पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ । सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । बाँकी सदस्यहरुले आज आआफ्नो विचार प्रस्तुत गर्नेछन् ।

 

प्रतिक्रिया