काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य हिजो बिहीबार पनि यथावत् रहेको थियो र सोही दरमा सुनको किनबेच भएको थियो। यता, चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेको छ। यससँगै आज चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
८ फाल्गुण २०८२, शुक्रबार ०२:२९ मा प्रकाशित