नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

nepaltext

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

डंगोल हाल पर्यटन मन्त्रालयमा सहसचिव छन् । यसअघि उनले प्राधिकरणकै निमित्त महानिर्देशकका रूपमा काम गरेका थिए ।

पर्यटन मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदै डंगोलले सिधै सहसचिवमा नाम निकालेका थिए ।

प्रतिक्रिया