मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रिय सभाको चालु सत्र समापन

nepaltext.com

काठमाडौँ । राष्ट्रिय सभाको चालु अधिवेशन भोलिदेखि लागू हुने गरी अन्त्य गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१०–२६ को सिफारिसअनुसार २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

संविधानको व्यवस्था अनुसार राष्ट्रपतिले सरकारको सिफारिसमा संघीय संसद्को कुनै पनि सदनको अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार राख्ने प्रावधान छ। सोही संवैधानिक व्यवस्थाअनुसार चालु अधिवेशन समापन गरिएको हो।

प्रतिक्रिया