काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा निराशा, असन्तुष्टि र गुनासोको भावना रहेको उल्लेख गर्दै ‘जेनजी आन्दोलन’पछि कांग्रेसले आफूलाई रूपान्तरण गरेर नयाँ ढङ्गले अघि बढेको बताएका छन् । कांग्रेस रामेछापको कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै भने, ‘प्रधानमन्त्रीको उम्मेदवारहरू कसैले अहिले भदौ २३ को मात्रै कुरा गर्छन्, कसैले २४ को मात्रै कुरा गर्छ, नेपाली कांग्रेसका प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो। यी सारा विषयको रियलाइज गरेर क्षमा मागेर आफूलाई बदलेर पार्टीलाई जबरजस्ती ढङ्गले नयाँ युगमा लगेर, फेरि सबैलाई गाँसेर मैदानमा लिएर कांग्रेस गएको छ।’ उनले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युग र नयाँ राजनीतिक सन्दर्भको प्रतिनिधि भएको दाबी गर्दै पार्टीले यस्तो कुनै काम नगरेको बताए, जसका कारण कांग्रेस भएर शिर निहुराउनुपर्ने अवस्था आउँदोस् ।