पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले, जेन–जी आन्दोलनपछि ओलीको पहिलो सार्वजनिक उपस्थिति

nepaltext.com

काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको उपस्थिति रहनेछ ।

जेन–जी आन्दोलनपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् । उनी हालै मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुरस्थित डेरामा सरेका छन् । त्यसपछि उनको सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ ।

कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन च्यासलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । जेन–जी आन्दोलनपश्चात् उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षालाई कडा पारिएको हो ।

प्रतिक्रिया