सुनको मूल्यमा गिरावट: एकैदिन तोलामा १५ सय रुपैयाँ घट्यो

nepaltext.com

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भई कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारका लागि दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

प्रतिक्रिया