कांग्रेस संस्थापन इतरको राष्ट्रिय सम्मेलन - १५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई दिइयो

nepaltext

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई १५औँ महाधिवेशनको तयारीको जिम्मेवारी दिएको छ।

आइतबार सम्पन्न भेलाको तेस्रो दिन १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको हो। भेलाले महाधिवेशन तयारीलाई अघि बढाउने जिम्मेवारी डा. कोइरालालाई दिने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया