दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा

nepaltext.com

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ। साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। प्रसाईंलाई गत शुक्रबार नेपाल प्रहरीले चाल्नाखेलबाट पक्राउ गरेको थियो। उनमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो।

प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका थिए। उनी सार्वजनिक शान्ति विरुद्धको कसुरमा पनि गत माघ ५ मा पोखराबाट पक्राउ परेका थिए र त्यसपछि माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए।

प्रतिक्रिया