जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

nepaltext

पाल्पा । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-६ बराहाटार बस्ने ४२ वर्षीय संजय कुमार सार्कीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

संजयले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हाल उनलाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया