ट्याङ्करको ठक्करबाट कांग्रेस महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु

nepaltext

काठमाडौँ । काठमाडौँको जडीबुटीमा ट्याङ्करको ठक्करबाट नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ।

शुक्रबार भक्तपुरतर्फ जाँदै गरेको बा.९३प ७६७८ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको इन्धन ट्याङ्करले पछाडिबाट ठक्कर दिँदा ३९ वर्षीया कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार काभ्रेको तेमाल गाउँपालिका–४ का उनका श्रीमान् देवराज कँडेल घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

मृतक कार्की दोलखाबाट नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी थिइन्। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

कार्कीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

प्रतिक्रिया