काठमाडौँबाट ओखलढुंगाको रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका–६ क्षेत्रमा तामाकोशी नदीमा खस्दा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ। घटनास्थलमै रहेका अनेरास्ववियु रामेछापका संयोजक गोपाल थोकरका अनुसार दुर्घटनापछि केही शव नदीमा तैरिँदै बगिरहेको देखिएको छ। उनका अनुसार स्थानीय बासिन्दा र प्रहरी तत्कालै उद्धार कार्यमा खटिएका छन्। दुर्घटनाग्रस्त बसको नम्बर र यात्रु संख्या सहितका अन्य विस्तृत विवरण हालसम्म खुल्न सकेको छैन। यसैबीच, रामेछापका डीएसपीले पनि घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिएका छन्।
२८ माघ २०८२, मङ्गलबार ११:३६ मा प्रकाशित