काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।
सोमबार उनीहरुबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
३२ साउन २०८३, सोमबार ०१:५९ मा प्रकाशित