ए डिभिजन लिग : दर्ताका लागि १३ क्लबलाई मात्र पत्र, थ्रीस्टार र एपीएफको मान्यता प्रष्ट भएन

nepaltext

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी चैत ३० गतेदेखि सुरु गर्ने भनिएको शहीद स्मारक ए डिभिजन लिगका लागि १३ क्लबलाई मात्र टिम दर्ताको पत्र पठाएको छ।

ए डिभिजन लिगमा १४ क्लब सहभागी हुने व्यवस्था भए पनि एपीएफ एफसी र थ्री स्टार क्लबमध्ये कसलाई ए डिभिजनको मान्यता दिने भन्ने विषय स्पष्ट नभएकाले हाल १३ क्लबलाई मात्र पत्राचार गरिएको हो।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार उक्त विषय अहिले होल्डमा राखिएको छ र कानुनी सल्लाहकारको सुझावपछि अन्तिम निर्णय गरिनेछ।

एन्फाले भने निर्धारित मितिमै लिग सुरु गर्ने र अन्ततः १४ क्लब नै सहभागी हुने जनाएको छ।

प्रतिक्रिया