२५ मंसिर, काठमाडौं । सिंहदरबारमा आज नियमित मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठकअघि हिजो बुधबार सरकारले जेनजी समूहसँग सम्झौता गरेको थियो।
सम्झौता अनुसार सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने निर्णय गरेको छ। सो आन्दोलनमा नवयुवाहरूको असंगठित गतिविधिले तत्कालिन राजनीतिक दलहरूको सत्तापलटमा भूमिका खेलेको थियो। जेनजी समूहका प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको थियो।
सम्झौता अघि जेनजी आन्दोलनमा उठेका विषयहरू कुनै संगठित मागका रूपमा दर्ता नभएकाले तिनीहरू विलाउँन सक्ने जोखिम थियो। त्यसैले जेनजीका केही समूहले आफ्ना मागहरू राज्य समक्ष संस्थागत रूपमा दर्ता गराउन चाहेका थिए। यसै विषयमा लामो समय छलफल भएको थियो र बुधबार सिंहदरबारमा दुवै पक्षबीच अन्ततः आन्दोलन संस्थागत गर्ने विषयमा सम्झौता भएको हो।
सम्झौताअनुसार, भद्र २३–२४ गतेको आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिनेछ।