१८ माघ, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्र रहेको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार खोलामा फेला परेको शवको हालसम्म पहिचान खुल्न सकेको छैन भने मृतक युवतीको उमेर अन्दाजी २५ वर्ष आसपासको रहेको बताइएको छ। प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार घटनास्थलमा मुचुल्का गरी शव उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। शव सडेको अवस्थामा भेटिएकाले पहिचान गर्न कठिनाइ भएको जनाउँदै प्रहरीले घटनाको कारण र मृतकको पहिचान खुलाउन थप अनुसन्धान भइरहेको जनाएको छ।
१९ माघ २०८२, आईतबार १२:५५ मा प्रकाशित