रौतहटमा गुडिरहेको पेट्रोल ट्यांकरमा आगलागी

nepaltext

काठमाडौं । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी भएको छ।

आज बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकर मृग बचाउने क्रममा चालकले नियन्त्रण गुमाउँदा सडकको दायाँ किनारमा पल्टिएको थियो। त्यसपछि ट्यांकरमा आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरको टोली तथा चन्द्रपुर र निजगढ नगरपालिकाका दमकल घटनास्थलमा परिचालन भएका थिए। संयुक्त प्रयासबाट आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया