काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझावका आधारमा संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन्। बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न आम मतदातासँग प्रत्यक्ष सल्लाह लिने उद्देश्यले उनले यो अभियान अघि बढाएका हुन्। चौधरीले भोटले सरकार बन्ने भए पनि समाज निर्माणका लागि नागरिकको सुझाव अपरिहार्य हुने उल्लेख गरेका छन्। गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकास योजनामा सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ। नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको सहभागितामा तयार हुने ‘साझा संकल्पपत्र’ निर्माण गर्ने लक्ष्य रहेको चौधरीले बताएका छन्। उनले सबै नागरिकलाई दुई मिनेट समय निकालेर फारम भरी यो विजय यात्रामा सहभागी हुन अपिलसमेत गरेका छन्।