प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण निजी : प्रधानमन्त्री कार्यालय

nepaltext

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी रहेको स्पष्ट पारेको छ।

शुक्रबार कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे राखेको प्रश्नको जवाफ दिँदै प्रवक्ता हेमराज अर्यालले भ्रमण निजी रहेको बताएका हुन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको यो भ्रमण निजी हो। यसबारे थप बुझ्नुपरे उहाँको सचिवालयमा बुझ्न सकिन्छ,’ प्रवक्ता अर्यालले भने।

प्रधानमन्त्री शाह शुक्रबार काठमाडौंमा सडकमार्ग हुँदै पोखरा पुगेका छन्। पोखराबाट उनी मुस्ताङ जाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया