डा. निकोलस भुसाल नेतृत्वको ‘पहिला देश’ अभियानका दुई प्रदर्शनकारी माइतीघरबाट पक्राउ

nepaltext.com

काठमाडौँ — ‘पहिला देश’ अभियानका दुई जना सदस्यलाई प्रहरीले आज माइतीघर मण्डलाबाट पक्राउ गरेको छ। डा. निकोलस भुसालको नेतृत्वमा रहेको उक्त अभियानले लघुवित्त र वित्तीय शोषणविरुद्धको आन्दोलनका क्रममा प्रदर्शनको घोषणा गरेको थियो।

आन्दोलनमा ‘लघुवित्त तथा वित्तीय शोषणविरुद्ध सङ्घर्ष समिति’ लगायतका समूहहरू पनि सहभागी थिए। प्रदर्शनका क्रममा दुई आन्दोलनकारीहरूले सरकारविरोधी नारा लगाएका कारण प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

यद्यपि, अभियानका नेतृत्वकर्ता डा. निकोलस भुसाल भने प्रदर्शन स्थलमा आइपुगेका थिएनन्।

प्रतिक्रिया