काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका नेताहरू सर्बोच्च अदालत पुगेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता विमलेन्द्र निधिलगायतका नेताहरूले आयोगको उक्त निर्णय तत्काल कार्यान्वयन नहोस भन्ने मागसहित अन्तरिम आदेशका लागि रिट दायर गरेका हुन् । आयोगको निर्णयले पार्टीभित्र गम्भीर राजनीतिक र कानुनी विवाद उत्पन्न गरेको भन्दै त्यसको वैधतामाथि सर्बोच्च अदालतबाट परीक्षण गरिनुपर्ने उनीहरूको तर्क छ । विशेष महाधिवेशनपछि देखिएको शक्ति संघर्ष अब कानुनी लडाइँको चरणमा प्रवेश गरेको संकेतका रूपमा यस कदमलाई हेरिएको छ ।
५ माघ २०८२, आईतबार १२:१३ मा प्रकाशित