काठमाडौं । नेपाली सेनाले भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ।
शुक्रबार सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै सेनाले आफ्ना गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ।
निर्देशनालयले भनिएको छ,
“विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न टिका–टिप्पणी र विश्लेषण सम्प्रेषण भइरहेका छन्। तर, सेनाले आफ्ना धारणा र गतिविधि आधिकारिक माध्यममार्फत नै सार्वजनिक गर्दै आएको हुँदा भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न आम नागरिकलाई अनुरोध गर्दछ।”
साथै, सेनासम्बन्धी सूचना आदान–प्रदानका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँगै देशभर रहेका पृतना हेडक्वार्टरहरूसँग पनि समन्वय गर्न सकिने जनाएको छ।
👉 पृतना हेडक्वार्टर सम्पर्क नम्बरहरू:
-
पूर्वी क्षेत्र (ताप्लेजुङ, पाँचथर, ईलाम, झापा आदि) – ९८५२०८१७०४
-
मध्य पूर्वी क्षेत्र (सप्तरी, सिराहा, धनुषा आदि) – ९८५४०२०७७२
-
मध्य क्षेत्र (रसुवा, नुवाकोट, मकवानपुर आदि) – ९८६३०२८८८४
-
पश्चिम क्षेत्र (गोरखा, कास्की, मुस्ताङ आदि) – ९८५६०११४३९
-
मध्य पश्चिम क्षेत्र (नवलपरासीदेखि रुकुमसम्म) – ९८६३०२९१३७
-
उत्तर पश्चिम क्षेत्र (बाँके, सुर्खेत, जुम्ला, हुम्ला आदि) – ९८६३०२९१७७
-
सुदूर पश्चिम क्षेत्र (कैलाली, कञ्चनपुर, डोटी, बझाङ आदि) – ९७६२३०६५६१
-
उपत्यका क्षेत्र (काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक) – ९८६०११३६२२